१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

‘महिलाहरुले साहसिककाम गर्नुपर्छ भन्ने होईन गर्न सक्छु भन्ने दृढता लिनु पर्छ’



‘नेपाली महिला युवामा सपना छैन, युवा महिलाको लक्ष्य नै बिबाहमा केन्द्रीत रहेको छ ।’
नेपालगन्ज । समाजमा क्रियाशील फरक फरक बिधाका महिला अगुवाहरुले महिलाहरुले पनि साहसिककाम गर्न सक्छौ भन्ने धारणा बनाउन सके धेरै सफलता हासिल गर्न सकिने बताएका छन् । नवौं धारा नेपालगन्ज म्याराथन अन्तर्गत नेपालगन्ज कनक्लेभको आकाश धर्ती बराबरी : महिला सशक्तिकरण विषयक बहसमा सहभागी महिला अगुवाहरुले विश्व समुदायमा नेपाल माग्नेहरुको देशका रुपमा चिनिनु दुखद भएको बताउँदै त्यस्तो धारणाको अन्त्य हुनुपर्ने बताए । उनीहरुले महिलाहरु अगाडी बढ्न सबै भन्दा पहिला घरपरिवारले वातावरण बनाइदिनुपर्ने धारणा राख्दै उनीहरुले छोरी मान्छे बाहिर हिँडे बिग्रन्छे भन्ने धारणा परिवर्तन गर्नुपर्ने बताए ।

कनक्लेभका आफ्नो धारणा राख्दै महिला पाइलट भावना पन्तले महिला सशक्तिकरणको शिक्षा पहिला घरबाटै पाउनु पर्ने बताइन् । घरेलु वातवरणबाटै आफू पाईलट हुन सकेको बताउँदै पाइलट पन्तले काम पुरूष वा महिलाको हुन्न भन्ने वातावरण घरले दिन सक्नु पर्ने बताइन् । आफनो बाबाको प्ररणाबाट आफु पाइलट हुन सकेको बताउँदै उनले सानोमा बुवा फ्लाईटबाट फर्कँदा क्याप लगाईदिएको बाल मनस्थितिले आफुले पाईलट बन्ने सपना बुन्न थालेको खुलासा गरिन्। पुरूषलाई र महिलालाई काम छुट्टाउने परिपाटीले महिलाहरू पाईलट पेशामा आउन ढिला भएको उनको धारणा छ ।

महिला पर्वतारेही पूर्णिमा श्रेष्ठले आफुले पुरूष भन्दा महिला कम छैनन् भन्ने सन्देश दिन खोजेको बताइन् । उनले साहसिककाम गर्नुपर्छ भनेर भन्दापनि गर्न सक्छु भनेर गर्दा सफलता हात पर्ने बताउँदै गर्न सक्छु भन्ने आत्मविश्वास लिएर असफल नभइने अनुभव सुनाइन् ।

नेपाली महिला युवामा सपना नभएको आरोप लगाउँदै उनले युवा महिलाको लक्ष्य नै बिबाहमा केन्द्रीत रहेको टिप्पणी गरिन् । ‘जोशको उमेरमा मन लागेको कुरा गर्नु पर्छ,’ उनले भनिन्, ‘सक्छु भन्ने दृढता लिए कडा काम पनि गर्न सकिन्छ । महिलामा जति पनि पीडा सहन सक्ने क्षमता हुन्छ ।’

विश्व समुदायमा नेपालीहरू त माग्ने हुन भन्ने धारणाा रहेको बताउँदै नेपालीले पनि प्रायोजन गर्न सक्छन् र ? भन्ने धारणालाई आफुले गलत साबित गरिदिएको बताइन् । आफुले आमाबुवासँग कुनै रकम नलिइ ६ वटा हिमालको आरोहण गरेको उनले सुनाइन् ।

मिस नेपाल श्वेच्छा प्रधानले आफू कसरी बलियो हुने भन्दा पनि म बलियो छु भन्ने आत्मविश्वासले आफुलाई मिस नेपाल बन्न प्रेरणाा दिएको बताइन् ।

मिस नेपालमा भाग लिँदा सौन्दर्य भन्दा पनि आत्मबलको विकास गर्ने अवसरकारूपमा आफुले भाग लिएको उनले बताइन् ।

ओलम्पियन पार्वती थापाले आफु आमा र दिदीको प्ररणाले खेल क्षेत्रमा आएको बताउँदै छोरीलाई खेल क्षेत्रमा लगाए बिग्रन्छे भन्ने धारणालाई चिर्न निकै मेहनत गर्नु परेको स्मरण गरिन् । भलिवलको खेलाडीलाई सुटिङ तर्फ लग्दा केही आशंका रहेपनि सुटिङ खेलले आफुलाई अन्तराष्ट्रिय खेलाडी बनाएको बताइन् । सुरुमा दाईले सुटिङ खेल्न जाउँ भन्दा, मैले कुन फिल्मको सुटिङ भनेर सोधेकी थिएँ । उनले विगत सम्झँदै भनिन् ।

खेलक्षेत्रमा लाग्दा समाजबाट आएका सम्पूर्ण प्रश्नको आफ्नो दिदीले जवाफ फर्काइदिएको उनले बताइन् । साधन र स्रोतको अभावमा पनि पदक जित्न सफल भएकोमा गर्व महसुस भएको बताउँदै उनले खेलाडीलाई अवसरसँगै श्रोत र साधन पाउन सके नेपालीहरुले राम्रो परिणाम ल्याउन सक्ने उनले बताइन् ।

कार्यक्रमको सहजिकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य एवम अधिकारकर्मी मोहना अन्सारीले महिलाहरुलाई एक्काइसौं सताब्दी पनि खुल्ला वातावरणमा काम गर्न बाधा पर्ने गरेको बताइन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : १३ बजे

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण

आज मुस्लिम समुदायले इद-उल-अजाहा पर्व मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इद-उल-अजाहा)

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा