२७ भदौ २०८३, शनिबार | September 12, 2026

एनएसएल फुटबल प्रतियोगिता : स्पोर्टिङ्ग इलाममाथि काठमाडौं रेजर्स १-० गोलले विजयी



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टिङ्ग इलाम एफसी डे मेचीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौंको जितमा खेलको ५२ औं मिनेटमा राजीव लोप्चनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि काठमाडौं रेजर्सले ३ अंक हासिल गरेको छ । गत संस्करणमा सहभागी ७ टोली मध्य विराटनगर सिटी एफसी बाहेकका ६ र ३ नयाँ टोली गरि ९ टोलीले दोस्रो संस्करणमा प्रतिस्पर्धा जनाएका छन् ।

पहिलो संस्करण समेत खेलेका काठमाडौं रेजर्स, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, धनगढी एफसी, एफसी चितवन र बुटवल लुम्बिनी एफसी सहित तीन नयाँ टोली झापा एफसी, स्पोर्टिङ्ग इलाम एफसी डे मेची र विरगन्ज युनाइटेड एफसी यस संस्करणमा खेल्दै छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ०६ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी