१२ बैशाख २०८३, शनिबार | April 25, 2026

नेपाल सुपर लिग फुटबल : धनगढी विजयी



काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसीले विजयी शुरुवात गरेको छ ।

आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले वीरगन्ज युनाइटेड एफसीलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।  खेलको ९०औं मिनेटमा गोल गर्दै धनगढीले वीरगन्जमाथि रोमान्चक जित हासिल गरेको हो ।

धनगढीको जितमा फोडे फोफाना र अहमद हिजाजीले एक एक गोल गरेका थिए । हिजाजीले खेलको ९०औँ मिनेटमा गोल गर्दै धनगढीको जित सुनिश्चित गरेका थिए । यसअघि फोफानाले खेलको दोस्रो मिनेटमै गोल गरेर धनगढीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै वीरगन्जले खेलको पहिलो हाफको अन्त्यमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेको थियो । वीरगन्जका लागि हान्स क्वोफीले गोल गरेका थिए ।

यो जितसँगै धनगढीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

अब एनएसएल अन्तर्गत सोमबार झापा एफसी र स्पोर्टिंग इलामबीच साँझ साढे ५ बजेदेखि हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : १४ बजे

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक