१० माघ २०८२, शनिबार | January 25, 2026

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ- सी जिनपिङ



बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । बेइजिङले कठोर कारवाही र बिरामी अर्थतन्त्रबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेको बेला राष्ट्रपति सीको उक्त आदेश आएको हो ।

भू-राजनीति, जासुसी विरोधी कानून, बहुराष्ट्रिय कम्पनीहरूमाथि छापा र घरेलु प्रतिस्पर्धीका लागि अनुकूल व्यवहारले मनोबलमा असर पारेको भन्दै चीनमा अमेरिकी र युरोपेली कम्पनीहरूले व्यापार गर्न पहिलाभन्दा धेरै नै कठिन भएको बताएका छन् ।

अब बेइजिङले विदेशी कम्पनीहरूलाई फिर्ता लाउने कोसिस गरिरहेको छ । यसै महिना एपीइसीका प्रमुख कार्यकारीहरूको शिखर सम्मेलनमा राष्ट्रपति सीले एक लिखित सम्बोधनमा कम्पनीहरूलाई लगानी गर्न निमन्त्रणा गर्दै ‘विदेशी कम्पनीहरूका लागि चीनमा लगानी र सञ्चालनलाई सहज बनाउनका लागि’ आनन्ददायी उपायको वाचा गरे ।

साथै मुलुकको शीर्ष निर्णय लिने निकाय चीनको कम्युनिष्ट पार्टी पोलिटब्यूरोको सोमबारको बैठकमा उनले चीनले विदेशी संस्थाहरूसँग ‘व्यापक, खुला र पारदर्शी’ कानूनी व्यवहार सुनिश्चित गर्नुपर्ने बताएको सरकारी प्रसारक सिसिटिभीले बताएको छ ।

“चीनको कानूनी प्रणालीले बौद्धिक सम्पत्ति अधिकारहरूको सुरक्षालाई बलियो बनाउनुपर्छ, साथै विदेशी उद्यमहरूको वैध अधिकार र हितको रक्षा गर्नुपर्छ”, उनले भने, “बेइजिङले बजार उन्मुख, कानूनी र अन्तर्राष्ट्रिय प्रथम श्रेणीको व्यापारिक वातावरण सिर्जना गर्नुपर्छ ।”

चीनमा अस्पष्ट तथा स्वेच्छाचारी नियमका बारेमा विदेशी उद्यमहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । उनीहरूले बौद्धिक सम्पत्तिको चोरी मुख्य गुनासो रहेको बताएका छन् । यसै वर्ष चीन भ्रमणका क्रममा अमेरिकी अधिकारीहरूले बौद्धिक सम्पत्तिको चोरीको मुद्दा उठाएका थिए ।

सुस्त वृद्धि र भूराजनीतिक तनावले लगानीको सम्भावनालाई प्रभावित गरेको भन्दै अमेरिकी र युरोपेली उद्यम लबीले सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौैंमा सबैभन्दा न्यूनस्तरमा पुगेको चेतावनी दिएका थिए । यद्यपि अमेरिका-चीनको बढ्दो व्यस्तता र यसै महिना सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटवार्तापछि यी विषयमा सुधार हुनसक्ने सङ्केत व्यापारिक लबीले पाइरहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  २ : ५६ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा