२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पताल बुटवलका मेसुमाथि कुटपिट



बुटवल । बुटवल आम्दा अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ ।

कुटपिटबाट घाइते बस्याललाई बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालको आईसियू कक्षमा उपचार भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

आम्दा अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर छलफल भैरहेको समयमा मँगलबार बस्यालमाथि कुटपिट भएको थियो । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए । प्रसुती गराउने क्रममा शिशु सकुशल जन्मे पनि आमाको मृत्यु भएपछि आफन्तहरुले विरोध जनाएका थिए ।

अस्पतालका मेसु बस्यालमाथि कुटपिटमा संलग्न ८ जनालाई नियन्त्रमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आइसियूमा उपचाररत डा. बस्यालको स्वास्थ्य अवस्था अहिले खतरामुक्त र स्थिर रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए ।

मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् ।

बिरामीको मृत्यु भएपछि अस्पतालका मेसु बस्यालसहित मेट्रोन सुशिला विश्वकर्मा र प्रशासकीय अधिकृत खगेन्द्र क्षेत्री आफनतहरुसँग मँगलबार छलफलकै क्रममा रातको करिब पौने २ बजे करिब १२/१३ जनाको समुहले एक्कासी गरेका थिए ।

अस्पतालका प्रशासकीय अधिकृत खत्रीका अनुसार मंसिर ११ गते अप्रेशन गरि भवानीले स्वस्थ बच्चा जन्माएकी थिईन भने आमाको स्वास्थ्य अवस्था पनि सामान्यनै थियो । अर्को दिन उनलाई पोष्ट अप्रेटिव वार्डमा राखिएको थियो । आमा र बच्चा दुबैको अवस्था ठिक भए पनि मंसिर १२ गते मँगलबार आमाको स्वास्थ्यमा एक्कासी समस्या देखिएको थियो । भोलि पल्ट १२ गते दिनको १ बजेर ५० मिनेटमा मृत घोषणा मृत घोषणा गरिएको थियो ।

मृतकका श्रीमान निशान थापाका अनुसार अस्पताल प्रशासनले आफूहरुको मागलाई बेवास्ता गरेका कारण यस्तो घटना सिर्जना भएको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १० : ३९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी