१२ बैशाख २०८३, शनिबार | April 25, 2026

नेपाल सुपर लिग : काठमाडौं र झापाको खेल बराबरीमा सकियो



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार सम्पन्न खेलमा काठमाडौं र झापाले गोलरहित बराबरी खेल्दै एक-एक अङ्क बाँडेका हुन् ।

खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेता दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल गोलरहित बराबरीमा टुङ्गियो । यस बराबरी खेलसँगै काठमाडौंले तीन खेलमा ५ अङ्क जोडेको छ । काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको थियो भने दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो ।

त्यस्तै, समान तीन खेल खेलेको झापाले २ अङ्क जोडेको छ । पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो । आज दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच खेल हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : ५९ बजे

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक