३० श्रावण २०८३, शनिबार | August 15, 2026

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य



काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ । असोजको अन्तिम साता उहाँ मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठको उपचारका क्रममा गरिएको परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो । मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका चिकित्सक डा अरुण मास्केसहितको टोलीले अवरोध रहेको मुटुको भागमा गए राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको गृह मन्त्रालयले जनाएको छ । सघन उपचार कक्षमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको हालस्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूबीच सामान्य कुराकानीसमेत भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ११ : ५३ बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।