२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल सुपर लिग : स्पोर्टिङ इलामलाई पराजित गर्दै पोखरा विजयी



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा पोखराले इलामलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

पोखराका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गोल गरे । उनले खेलको ४७ औँ मिनेटमा गरेको एक गोल नै पोखराको लागि निर्णायक गोल सावित भयो ।

यस जितसँगै चार खेल खेलको पोखरा थन्डर्स ८ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै स्पोर्टिङ इलाम भने समान चार खेलबाट ३ अङ्कसहित छैटौँ स्थानमा छ । उक्त प्रतियोगितामा भोलि एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ७ : १४ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व