२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल सुपर लिग : दोस्रो जितको खोजीमा चितवन र बुटवल लुम्बिनी



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बिहीबार फुटबल क्लब चितवन र बुटवल लुम्बिनी फुटबल क्लब प्रतिस्पर्धाका लागि मैदान उत्रिँदा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।

यसअघि समान तीन खेल खेले पनि दुवै टिमले एक खेलमा मात्र जित निकालेका छन् । चितवनले अन्य दुई खेलमध्ये एकमा बराबरी र अर्कोमा हारको नजिता आत्मसात गरेको छ ।

बुटवलले भने बाँकी दुवै खेलमा हार व्यहोरेको थियो । तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको बुटवल तालिकाको सातौं स्थानमा छ । आजको खेलमा जित निकाल्ने टिम तालिकाको शीर्ष चारमा उक्लिनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टिमबीचको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : १३ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व