२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपाल सुपर लिग : पहिलो जितको खोजीमा वीरगन्ज र झापा



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज वीरगन्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदा दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

दुवै टिमले प्रतियोगितामा यसअघि समान तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन् । तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौं र एक अंक जोडेको वीरगन्ज तालिकाको पुछारमा छ ।

झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । यस्तै, वीरगन्जले भने दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी नतिजा निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : १६ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब