१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

नेपाल सुपर लिग : काठमाडौंको अपराजित यात्रामा बुटवलले लगाइदियो पूर्णविराम



काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनी एफसीले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सविरुद्ध जित हात पार्दै काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । शनिबार भएको खेलमा २–१ को जित निकाल्दै बुटवलले काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको हो ।

साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबलाई सिजनको पहिलो हार चखाउँदै बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ को तेस्रो स्थानमा उक्लिएको हो ।

दशरथ रंगशालामा शनिबार साँझ काठमाडौंलाई २-१ ले पराजित गर्दै बुटवलले सिजनको दोस्रो जित दर्ता गरेको हो । पहिलो खेलमा जित हासिल गरेपछि लगातार बराबरी खेलेको काठमाडौंले चौथो खेलमा आएर हारको सामना गर्नुपर्यो ।

बुटवल ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौं भने ४ खेलमा ५ अंकका साथ पाँचौ स्थानमा झर्यो ।

आज भएको खेलमा बुटवलले २९औं मिनेटमा स्टेफेन बिनोङको गोलबाट अग्रता लिएको थियो । सरोज तामाङले हानेको फ्रिकक बलमा काठमाडौंका गोलकिपर अभिषेक बरालले केही अगाडि बढेर पञ्च गरेका थिए, तर पूर्ण रुपमा क्लियर नभएको बलमा जिलेस्पी जंग कार्कीले फितलो प्रहार गरे । त्यो बलमा सिक्स यार्डमा रहेका हानेको बल टचलाइनमा रहेका कुलदीप कार्कीले रोकेको भएपनि रिबाउन्स बल बिनोङकै खुट्टामा लागेर गोलमा परिणत भयो ।

खेलको ६१ औं मिनेटमा एरिक विष्टले अग्रता दोब्बर बनाए । जिलेस्पी जंग कर्कीले दिएको क्रसमा कप्तान विष्टले लेफ्ट फुटेड सट हाने, जुन सहजै गोलमा परिणत भयो ।

खेलको इन्जुरी टाइमका काठमाडौंका राजिव लोप्चेनले गोल गरेपनि टोलीको हार टर्न सकेनन् । केनगुए ओलिभरले दिएको क्रसमा एनकुनगुए जुनियरले हेडर पास दिए, जसमा लोप्चनले निकै राम्रो फिनिसिङ गर्दै गोलमा परिणत गरे ।

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : २४ बजे

जसपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

महाशिवरात्रिको अवसरमा बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा