३० श्रावण २०८३, शनिबार | August 15, 2026

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज हुनुभएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराएका छन् ।

उपप्रधानमन्त्री उपचारमा संलग्न भएका डा अरुण मास्केसहितको चिकित्सक टोली, नर्स र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशकलगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार प्रकट गरेको छ ।

यही मङ्सिर १९ गते केन्द्रमा भर्ना उनको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो ।

मन्त्री श्रेष्ठलाई स्वास्थ्यलाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुगेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : ११ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर