१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस : नेपालमा दक्षिण एसियाकै महँगो उपचार सेवा



काठमाडौं । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा रहेको छ ।

सो नारा दिगो विकास एजेण्डा, २०३० अन्तर्गत गरिएको ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल नारामा आधारित छ । दिगो विकास एजेण्डाले स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ । दिगो विकास परिलक्ष्यले कुनै आर्थिक कठिनाइबिना सबैले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएको सुनिश्चित गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँच हुनुपर्ने कुरामा जोड दिन्छ । नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताअनुसार नै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउने लक्ष्य लिएको छ ।

स्वास्थ्य सेवा विभाग ,उपचारात्मक सेवा महाशाखाअन्तर्गतको आधारभूत स्वास्थ्य व्यवस्थापन शाखा प्रमुख डा पोमावति थापाले दिवसका अवसरमा स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि अहिलेसम्मको प्रगति समीक्षा, आगामी योजना र जनतामा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।

“स्वास्थ्यमा सर्वव्यापी पहुँच भन्नाले सबै मानिसको आफूले चाहेको बेला, चाहेको ठाउँमा कुनै आर्थिक कठिनाइबिना आफूलाई चाहिएका सबै प्रकारका गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुनु भन्ने हो”, उनले भनिन् । यसले जीवनको चरणबद्ध पद्धतिमा आधारित भई प्रवर्द्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशामक सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाको पूर्ण निरन्तरता दिनुपर्ने कुरालाई समेट्छ ।

“आधारभूत स्वास्थ्य सेवाका लागि प्रत्येक व्यक्तिको पहुँचमा पुर्याउनका लागि प्रत्येक वडामा स्वास्थ्यचौकीदेखि प्रत्येक पालिकामा अस्पतालको व्यवस्था छ”, सर्वव्यापी पहुँचका लागि सरकारको प्रयासबारे उनी भन्छिन्, “सरकारले विशेषज्ञ सेवालाई स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षाबाट जस्तै गरिब, विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, हिंसापीडित, द्वन्द्वपीडित, दीर्घरोगका बिरामीलाई सहुलियत, निःशुल्क डायलायसिस, विद्यालय नर्सलगायतका थुप्रै कार्यक्रमले स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि हो ।”

यसका लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने, लाभका अवसरबाट पछि परेका र सङ्कटासन्न अवस्थामा रहेका विभिन्न समूहको हकमा स्वास्थ्य सेवा पहुँचमा असमानता रहनु मुख्य चुनौती रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

शाखा डा थापा भन्नुहुन्छ, “स्वास्थ्य सेवा लिँदा आफ्नो गोजीको खर्चमा मात्र भर पर्नुपरेको छ । नेपाल दक्षिण एसियाकै महँगो उपचार सेवा हुनेमध्येको एक देश हो, जुन हाम्रा लागि चुनौती हो ।”

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ४२ बजे

जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री

देवदह । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर एकका उम्मेदवार हिराबहादुर

सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात

बुटवल । युवा खेलाडीलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा शुरु भएको

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय