१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ ।

बोर्डले सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेप्सेमा सूचीकृत सबै सङ्गठित संस्थालाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको बोर्डका उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीले जानकारी दिए ।

नेप्सेमा सूचीकृत संस्थाका संस्थापक तथा स्थानीय प्रभावित शेयरधनीले निश्चित अवधिपछि मात्रै दोस्रो बजारमा शेयर कारोबार गर्न पाउँछन् । यसरी कारोबार रोक्का हुने अवधिलाई ‘लक इन पिरियड’ भनिन्छ । बोर्डको सोमबारको निर्देशनअनुसार अब ‘लक इन पिरियड’ खुल्नु एक महिना अगावै त्यसको जानकारी दिनुपर्नेछ । “सम्पूर्ण सूचीकृत सङ्गठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयर बिक्री गर्न नपाइने गरी तोकिएको ‘लक इन पिरियड’ समाप्त हुनुभन्दा कम्तीमा तीस दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनुपर्नेछ”, बोर्डको निर्देशनमा भनिएको छ ।

‘लक इन’सम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सर्वसाधारण लगानीकर्तालाई समेत त्यसको जानकारी हुने व्यवस्था गर्न आवश्यक देखिएकाले यस्तो निर्देशन दिइएको बोर्डले जनाएको छ । सङ्गठित संस्थाले ‘लक इन पिरियड’ खुल्ने अवधिबारे धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी दिनुपर्नेछ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : १९ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का