२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपाल सुपर लिग फुटबल : वीरगञ्जको जीत



काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ सम्पन्न खेलमा वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने इलामले लियो । इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।

तर इलामको त्यो एक शुन्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । वीरगञ्जका भिषण गुरुङले खेलको ३३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बरारीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुको पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जीत पक्का गरे ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्सभित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । जसमा विलियम ओपोकुले गोल गर्न सफल भए । यस जीतसँगै वीरगञ्जले पाँच खेलमा ५ अङ्क जोडेको छ । इलामको ६ खेलमा ४ अङ्क रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ५६ बजे

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती