२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल सुपर लिग फुटबल : वीरगञ्जको जीत



काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ सम्पन्न खेलमा वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने इलामले लियो । इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।

तर इलामको त्यो एक शुन्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । वीरगञ्जका भिषण गुरुङले खेलको ३३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बरारीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुको पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जीत पक्का गरे ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्सभित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । जसमा विलियम ओपोकुले गोल गर्न सफल भए । यस जीतसँगै वीरगञ्जले पाँच खेलमा ५ अङ्क जोडेको छ । इलामको ६ खेलमा ४ अङ्क रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ५६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन