२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल सुपर लिग : आज चितवन र धनगढी बिच प्रतिस्पर्धा हुदैँ



काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

यसअघि हिजो साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको थियो । वीरगञ्जले स्पोर्टिङ इलामलाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने इलामले लिएको थियो । इलामका आशिष चापागाईंले खेलको १५ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।

तर इलामको त्यो एक शुन्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । वीरगञ्जका भीषण गुरुङले खेलको ३३ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जित पक्का गरे ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्सभित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । जितसँगै वीरगञ्जको ५ खेलमा ५ अङ्क छ भने इलामको ६ खेलमा ४ अङ्क रहेको छ ।

जारी लिगमा आज धनगढीले पाँचौँ तथा चितवनले छैटौँ खेल खेल्दैछ । आजको खेलमा जित निकाल्दै धनगढी शीर्षस्थानमा उक्लने योजनामा रहँदा चितवन दोस्रो जितको लक्ष्यमा रहने छ ।

अहिलेसम्मका चार खेल मध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यस्तै, चितवन एकमा जित, दुईमा बराबरी र दुईमा हार बेहोर्दै ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको ललितपुर सीटी शीर्षस्थानमा छ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : ४४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन