१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

३० लाख धरौटीमा पूर्व गृहमन्त्री खाँणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ । थुनामा पठाउनुपर्ने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै उच्च अदालतले खाँणलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गर्दै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश गरेको हो । यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएर न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए । कोइरालाको इजलासले पाण्डेको रायमा सहमति जनाएसँगै खाँण धरौटीमा छुट्ने भएका हुन् । उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो ।

अदालती बन्दोबस्तीका अनुसार उच्च अदालतको यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन भने पाउने छन् भने खाँणले पनि आफूलाई धरौटीमा छाड्‍ने आदेश गलत भएको भन्‍दै साधारण तारेखमा छाड्न माग गर्दै सर्वोच्चमा निवेदन दिन पाउनेछन् ।

नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ५ : ५२ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary