२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल सुपर लिग : आज अपराजित ललितपुर र झापा भिडदैं



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज प्रतियोगिताको अपराजित टोली ललितपुर सिटी एफसीलाई झापा एफसीले चुनौती प्रस्तुत गर्दै छ ।

आजको खेलमा जित निकाले ललितपुर प्रतियोगताको शीर्ष स्थानमा उक्लिने छ । यस्तै, झापाले जित निकाले टोली तालिकाको शीर्ष चारमा प्रवेश गर्ने छ ।

प्रतियोगितामा ललितपुरको यो छैटौँ खेल हो । दोस्रो स्थानको ललितपुरले दुई जित र तीन बराबरीसहित नौ अंक जोडेको छ । ललितपुर शीर्ष स्थानको धनगढी एफसीभन्दा दुई अंकले पछि छ ।

पाँच खेलबाट ६ अंक जोडेको झापा भने तालिकाको छैटौँ स्थानमा छ । हालसम्म प्रतियोगितामा झापाले एक खेलमा मात्र जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ बजेदेखि हुने छ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ७ : ५६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन