७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

विप्लवसहित नेकपाका नेताविरुद्ध पक्राउ पुर्जी जारी, समाजवादी मोर्चाको आपत्ति



काठमाडौं । समाजवादी मोर्चा नेपालले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित सो पार्टीका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ ।

मोर्चाका संयोजक माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संयोजक नेपालले जनाएका छन् ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।

अदालतले जारी गरेको पुर्जीमा ३५ दिनभित्र आफूसँगको सबुद प्रमाणसहित उपस्थित नभए कानुन बमोजिम हुने भनिएको छ । पछि त्यसको उजुरबाजुर नलाग्ने समेत अदालतले जारी गरेको पुर्जीमा उल्लेख गरिएको छ ।

तर, एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेका छन् ।

‘केही दिन अघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी र प्रवक्ता कमरेड प्रकाण्ड सी लगायतका नेता विरुद्ध काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेश प्रति समाजवादी मोर्चा नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ। मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ४ : ३७ बजे

नेपालगन्जमा परम्परागत इनारको संरक्षण

नेपालगन्ज । नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री प्रचण्डद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको