२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

देहरादुनमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका ५ खेलाडीलाई उपाधि



नेपालगन्ज । भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा बाँकेका पाँच खेलाडीले उपाधि हात पारेका छन् । मंसिर २९ देखि १ गते सम्म भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा एक जना प्रशिक्षक र पाँच जना खेलाडीले प्रथम स्थान हासिल गरेका हुन् ।

उत्तराखण्ड तेक्वान्दो एशोसियसन तथा युपी गुडविल तेक्वान्दो एशोसियसनले आयोजना गरेको प्रतियोगितामा प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठ, खेलाडीहरु सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली, प्रिति विष्टले प्रथम भएर उपाधि हात पारेका हुन् ।

तर्कराज देवकोटा, जुनु पासी, वियन्सा कक्षपति द्वितिय भएका छन् । युवराजसिंह ठकुरी, हर्केसिंह पाण्डे, अभिनव चौधरी तृतिय भएका छन् । प्रतियोगितामा भाग लिन टीम प्रशिक्षक उमादेवी थापा, व्यवस्थापक प्रवीणबहादुर ठकुल्ला र अन्तर्राष्ट्रिय रेफ्री प्रकाश लामिछाने सहित खेलाडीहरु देहरादुन गएका थिए।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : २२ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज