२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० अन्तर्राष्ट्रिय व्यापार मेला सुरु



बुटवल । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुने भएको छ । पुस १८ गतेसम्म संचालन हुने व्यापार मेलाको उद्घाटन पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेलले गर्ने आयोजक रुपन्देही व्यापार संघले जनाएको छ ।

आजदेखी संचालन हुने एक्स्पोमा ६ सय स्टल बुक भइसकेको रुपन्देही व्यापार संघले जनाएको छ । आयोजकका अनुसार एक्स्पोमा होटल तथा रेष्टुरेन्टका-२३, उनी, गार्मेन्ट तथा तयारी पोशाकका-१४१, अन्तर्राष्ट्रिय-१०, कृषि-४३, ब्याग/जुत्ताचप्पल-६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी-७८, श्रृंगार, उपहार तथा खेलौना-५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान-५३, बैंकरवित्तीय संस्था एवं शैक्षिक संस्था-१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस-६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स-१६, आइसक्रिम तथा वेकरीज-१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस-८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल बुक भइसकेका छन् ।

मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको मेला मूल आयोजक समितिका संयोजक एवं रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने उनले बताए । कृषि उत्पादनका प्रयोगात्मक प्रबिधिहरु एक्स्पोमा रहने जनाउँदै उनले कृषिमा उद्यमशीलता सिक्न चाहने दर्शकले अवसरको उपयोग गर्न सक्ने पनि बताए ।

कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिल भएको अवस्थामा मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण योगदान गर्ने आयोजकको दाबी छ ।

एक्स्पोको उद्घाटनको पूर्व शन्ध्यामा मेला स्थल बुटवल मण्डपबाट विभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने झाँकी सहित जनचेतनामूलक र्याली गरिने मेलाका प्रचार संयोजक फर्सुराम पन्तले बताए ।

एक्स्पोमा सांस्कृतिक तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती हने तथा डान्स आइडल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गराईने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ०० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ