१८ माघ २०८२, आइतबार | February 1, 2026

वेस्टह्यामलाई हराउँदै लिभरपुल ईएफएलको सेमिफाइनलमा



काठमाडौं । वेस्टह्यामविरुद्ध प्रभावशाली जित निकाल्दै लिभरपुल ईएफएलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टह्यामलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

डोमिनिक सोबोस्लाइले २८ मिनेटमा २५ यार्डबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। कर्टिस जोन्सले ५६ औं मिनेटमा अग्रता दोब्बर पारे । ७१ औं मिनेटमा कोडी गाक्पोले सिजनको आफ्नो आठौँ गोल गरेपछि लिभरपुलले ३-० को अग्रता लियो ।

७७ औँ मिनेटमा जारोड बोवेनले वेस्टहमका लागि सान्तोना गोल फर्काए । ८२ औं मिनेटमा मोहम्मद सलाह र त्यसको २ मिनेटपछि जोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै ५-१ को जित निश्चित गरे ।

जोन्सको दोस्रो गोल लिभरपुलले यस प्रतियोगितामा गरेको ५ सयौँ गोल थियो । योसँगै २०२२ को च्याम्पियन लिभरपुल कीर्तिमान विस्तार गर्दै १० औं पटक उपाधि जित्ने लक्ष्यमा छ ।

लिभरपुलले सेमिफाइनलमा फुलह्यामको सामना गर्नेछन् । सेमिफाइनलको पहिलो लेग ८ जनवरी र दोस्रो लेग त्यसको दुई हप्ता पछि हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ४७ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक