१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

मुलुकमा देखिएको विद्यमान संकटको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले उपाध्यक्ष पौडेल



बुटवल । एमाले उपाध्यक्ष, पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखा परेको आरोप लगाएका छन् । रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन गर्दै उनले मुलुकमा देखिएको विद्यमानन संकटको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन् । सरकारमा पनि बस्ने, तर अरुलाई दोष दिएर जिम्मेवारीबाट उम्किन नमिल्ने उनको भनाई छ ।

“राष्ट्रिय संकटको जिम्मेवारी संघीय सरकारले, प्रदेशमा देखिएको संकटकोे जिम्मेवार प्रदेश सरकारले र स्थानीय तहमा देखिएका समस्याहरुको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ”–पौडेलले भने, “सरकारमा पनि बस्ने, तर अरुलाई दोष दिएर जिम्मेवारीबाट उम्किन मिल्दैन ।” उनले अहिले मुलुकमा संकट निम्तिनुको प्रमुख जिम्मेवारी सरकार भएको पनि बताए ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट गरे । बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने भन्दै उनले सरकार पूर्णरुपमा असफल भएको टिप्पणी गरे ।

बुटवल–नारायणगढ सडक निर्माणमा भैरहेको ढिलाईप्रति आपत्ति प्रकट गर्दै उनले सरकारले सडक निर्माणलाई तदारुकता नदेखाएर तमासा देखाइरहेको आरोप लगाए ।

पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि तत्काल टेण्डर आह्वान गर्न आग्रह गरे । प्रादेशिक अस्पतालको टेण्डर आह्वान प्रक्रियामा भैरहेको ढिलाईप्रति पनि उनले आपत्ति जनाए ।

मुलुकको पुँजीगत खर्च लथालिङ्ग भएको, राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढ्न नसकेको पौडेलले आरोप लगाए । तिनाउ–दानव कोरिडोर सडक निर्माणका लागि छुट्याइएको बजेट पनि वर्तमान सरकारले कटौती गरेको भन्दै उनले सुशासन, विकास, राजश्व परिचाललगायत कुनै पनि दृष्टिकोणले सरकारले राम्रो काम गर्न नसकेको बताए ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको बताए । उनले बुटवल आउने संघ र प्रदेशका सांसदहरुलाई विकासको मोडल बारे उपमहानगर आएर छलफल गर्न आह्वान गरे । बुटवलको बारेमा संयुक्त आवाज बनाएर अगाडि बढ्न उनले आह्वान गरे ।

कार्यक्रममा मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधी भण्डारीलगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै लुम्बिनी एक्स्पोले आर्थिक क्षेत्र चलायमान गराउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

मेलामा १० लाख बढी दर्शक अवलोकन गर्न आउने आयोजकले अपेक्षा गरेको छ । मेला उदघाटन अघि बिभिन्न झाँकीहरुले बुटवल नगर परिक्रमा गर्दै मेला स्थल प्रवेश गरेको थियो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ३५ बजे

Pakistan Seeks Stronger Economic and Tourism Cooperation with Gandaki Province

Pokhara: Pakistan has expressed interest in expanding cooperation with Gandaki

गण्डकीसँग पर्यटन र व्यापारमा सहकार्य विस्तार गर्न पाकिस्तान इच्छुक

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी

आईजीपी हटाउने निर्णयमा रास्वपा पार्टी र सरकारको भनाइ बाझियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने

बर्खास्त आईजीपी कार्की सर्वोच्च जाने मुडमा

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर

आफूलाई आइजिपीबाट हटाउने बालेनको सुरक्षा सल्लाहकार खालान् कार्की ?

काठमाडौं । सरकारले ३० वर्षपछि प्रहरीमा अर्को ‘कू’ गरेको छ