२९ मंसिर २०८२, सोमबार | December 16, 2025

न्यू होराइजन स्पोष्ट्स क्लबको आयोजनामा पुस ८ गतेबाट जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता हुने



बुटवल । न्यू होराइजन स्पोष्ट्स क्लबको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता हुने भएको छ । देशकै प्रतिष्ठित विद्यालय न्यू होराइजन ईग्लिस बोर्डीङ्ग स्कुल बुटवलको संरक्षकत्वमा रहेको स्पोट्स क्लबको आयोजनामा यहि पुस ८ गतेबाट जिल्ला स्तरिय छात्र (पुरुष) भलिबल प्रतियोगिता हुने भएको हो ।

विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भलिबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । न्यू होराईजन संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले गत वर्ष छात्रा भलिवल प्रतियोगिता आयोजना गरेको होराईजनले यो पटक छात्र भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले प्रतियोगितामा २० भन्दा बढि विद्यालयको सहभागीता रहने जानकारी दिए ।

न्यू होराइजन स्पोष्ट्स क्लवका अध्यक्ष प्रकाश खनालले प्रतियोगितामा प्रथम हुने टिमले ३५ हजार नगद पुरस्कार पाउने जानकारी दिए । उनले द्धितिय टिमले २५ हजार, तृतियले १५ हजार र सान्तव्ना टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिए ।

बुटवलको कालिका नगर होराईजन चोकमा रहेको न्यू होराइजन ईग्लिस बोडिङ्ग स्कुलमा पुस ८ गते विहान ८ बजेबाट प्रतियोगिता सुरु हुने छन् । ८, ९, १० गते गरी तीन दिन सम्म सञ्चालन हुने यो प्रतियोगीतामा सहभागी सबै कक्षा १२ सम्मका खेलाडीहरुको लागि दुर्घटना बिमा समेत गरिएको छ ।

कार्यक्रम संयोजक कपिल आचार्यका अनुसार अहिले सम्म १४ वटा टिमको सहभागीता भैसकेको प्रतियोगितामा रुपन्देही जिल्लाबाट सामुदायिक तथा संस्थागत विद्यालयको सहभागीता हुने भएको छ । गत वर्ष आयोजना गरिएको जिल्लास्तरिय महिला(छात्रा) भलिवल प्रतियोगितामा एभरेष्ट ईग्लिस बोडिङ्ग स्कुल प्रथम, द्धितियमा कुवरवर्ती स्कुल र तृतियमा आयोजक विद्यालय संस्था न्यू होराइजन ईग्लीस बोर्डीङ्ग स्कुल भएको थियो । न्यु होराईजन स्पोष्ट्स क्लवले एक वर्ष विराएर छात्रा भलिबल, छात्र भलिबल प्रतियोगिता आयोजना गर्दैै आएको छ । यो पटक छात्र भलिबल प्रतियोगिता र अर्को वर्ष छात्रा भलिबल प्रतियोगिता आयोजना गर्ने होराईजन संस्थाका खेलकुद तथा अनुसासन विज्ञ मिलन रानाले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : २४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको