१२ बैशाख २०८३, शनिबार | April 25, 2026

न्यू होराइजन जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता : उपाधीका लागि मणिमुकुन्द मावि र न्यू होराइजन मावि भिडदैं



बुटवल । न्यू होराइजन स्पोट्स क्लबको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिताको फाइनलमा आयोजक न्यू होराइजन मावि र मणिमुकुन्द मावि प्रवेश गरेको छ । प्रतियोगिताको उपाधीका लागि भोली न्यू होराइजन मावि र मणिमुकुन्द मावि भिडदैं छन ।

८ गतेबाट सुरु भएको प्रतियोगितामा न्यू होराइजन माविले एभरेष्ट माविलाई र मणिमुकुन्द माविले कालिका मानवज्ञान माविलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

आज भएको क्वाटर फाइनलको पहिलो खेलमा न्यू होराइजन माविले सेन्ट जोसेफ माविलाई २-० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा एभरेष्ट माविले होराइजन होराइजन जिविएस माविलाई २-० को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा कालिका मानवज्ञान माविले देवदह बुद्धपब्लिक माविलाई २-० को सोझो सेटमा पराजित गरेको थियो ।

चौथो खेलमा मणिमुकुन्द माविले कान्ति माविलाई २-० को सोझो सेटमा पराजित गर्दै जित निकालेको थियो । क्वाटर फाइनलका सबै खेलहरु २-० को सोझो सेटमा सम्पन्न भएको थियो ।

आजै भएको पहिलो सेमिफाइनल खेलमा न्यू होराइजन माविले एभरेष्ट माविलाई ३-०को सेटमा पराजित गरेको थियो । सो खेलमा होराइजन माविले २५-१९, २५-१२ र २५-१६ मा एभरेष्ट माविलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा मणिमुकुन्द माविले कालिका मानवज्ञान माविलाई ३-१ को सेटमा पराजित गरेको थियो । मणिमुकुन्द माविले २५-१७, २१-२५, २५-१२ र २५-२३ मा कालिका मानवज्ञान माविलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनल खेलका खेलहरु बेष्ट अफ फाइभमा खेलाइएको होराईजन संस्थाका खेलकुद तथा अनुशासन विज्ञ मिलन रानाले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको तेस्रो स्थानको लागि भोली एभरेष्ट मावि र कालिका मानवज्ञान मावि बिच दिउँसो १ बजे खेल सुरु हुने प्रतियोगिताका रेफ्रि कोर्डिनेटर बुद्धि बस्यालले जानकारी दिए । फाइनल खेल दिउँसो ३ बजे खेलाइने बस्यालले जानकारी दिए ।

प्रतियोगितामा सहभागि टीमका खेलाडीहरुको लागि दुर्घटना बिमा गरिएको खेल संयोजक कपिल आचार्यले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने टिमले ३५ हजार नगद, द्धितिय टिमले २५ हजार, तृतियले १५ हजार र सान्तवना टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : २३ बजे

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

दाङ । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ : चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासीरभूमिहीनको

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत । जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको

गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुम्बासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको

नेपालले युएईलाई दियो २०१ रनको मध्यम स्तरको चुनौती

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट