२ पुस २०८२, बुधबार | December 17, 2025

सुपरलिग फुटबल : ललितपुर फाइनलमा



काठमाडौं । ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।

ललितपुर सिटी एफसी र पोखरा थन्डर्स बीचको दोस्रो क्वालिफायर खेल अतिरिक्त समयमा गएको थियो । खेलको निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको हो । ललितपुरको जितमा इमो इजिकेल र कुशल देउबाले एक एक गोल गरेभने पोखराको लागि भने स्टेफन अन्नोरले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोलमार्फत पोखराले अग्रता लियो । खेलको ७१ औँ मिनेटमा ललितपुरका अन्नोरले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यसपछी खेलको ९९ औँ मिनेटमा कुशलको गोल निर्णायक बन्दा ललितपुरले पोखरामाथी २–१ गोलको रोमाञ्चक जित निकाल्यो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ९ : ३३ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर