१८ श्रावण २०८३, सोमबार | August 4, 2026

बुटवलमा जल्यो गृहमन्त्री श्रेष्ठको पुत्ला, एकसाताभित्र राजिनामा नआए अनिश्चितकालीन रुपन्देही बन्दको घोषणा



बुटवल । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै बुटवलमा सत्ता गठबन्धन भित्रको तरूणदलले गृहमन्त्रीको पुत्ला जलाएको छ ।

सत्ता गठबन्धनकै दल नेपाली काङ्ग्रेसको सगठनले आज साँझ तरुण दल रुपन्देही र नेविसंघ रुपन्देहीले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै बुटवलमा पुत्ला दहन गरेको हो ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोलि लागेर २ जना युवाको मृत्यु भएको विरोधमा आज बुटवलको मिलनचोक देखि चौराहसम्म प्रदर्शन गरेको थियो ।

तरुण दलका रुपन्देही कार्यबाहक सभापति प्रशान्त कोइराला, नेविसंघ सभापति सन्दिप पान्डेयको अगुवाईमा पुत्ला दहन गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष कोईरालाले राजिनामा नआए अनिश्चितकालीन रुपन्देही बन्दको घोषणा गर्ने चेतावनी दिए । उनले अन्य राजनीति दलका युवाहरुलाई आन्दोलनमा साथ दिनको आग्रह गरे ।

कार्यक्रममा तरूण नगर अध्यक्ष सुजन पुन, क्षेत्रीय सभापति हसन्त लामा युवा नेता छाया पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : ३४ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क