३० भदौ २०८३, मंगलबार | September 15, 2026

श्रीलंकाका राजदुतलाई लुम्बिनीमा स्वागत, भैरहवाबाट नियमित उडान हुने प्रतिबद्धता



लुम्बिनी । नेपालका लागि श्रीलंकन राजदुत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले शनिबार राजदुत पाथिरानालाई बुद्धजन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन ।

उपाध्यक्ष डा. लामाले राजदुत पाथिरानासँग बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवा स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गरे । उनले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैहवा विमानस्थलमा सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउने निकै सहज हुने बताए । एयर फोर्स चिफ समेत रहेर काम गरिसकेका राजदुत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान हुने प्रतिबद्धता जनाए ।

उनले बुद्धजन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताए । उक्त अवसरमा राजदुत पाथिराना र उपाध्यक्ष डा. लामाविच लुम्बिनीको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकास, संरक्षण र सम्बद्र्धक बिषयमा सहकार्यका लागि समेत छलफल भएको छ ।

राजदुत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदुत पाथिरानालाई लुम्बिनीको महत्व, यसको पछिल्ला विकास लगायतका बिषयमा जानकारी गराए ।

राजदुत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेतले समेत स्वागत गरेका थिए । राजदुत पाथिरानाले लुम्बिनीसँगै भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ३० बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको