३० भदौ २०८३, मंगलबार | September 15, 2026

रकम अभाव भएपछि खानीखोला अस्पताल निर्माण रोकियो



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र डाँडापारिस्थित दुर्गम खानीखोला गाउँपालिका–५ तालढुङ्गामा निर्माण सुरु गरिएको १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण रोकिएको छ । विसं २०७८ असार २९ गते एक वर्षमा सक्नेगरी भवन बनाउन सम्झौता गरिएको थियो ।

अस्पताल निर्माणपछि नजिककै उपचार गर्न पाउने आशामा बसेका स्थानीय उपचारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहँदै आएको छ । “ गुणस्तरीय स्वास्थ्य सेवा नपाएकै कारण स्थानीय नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ”, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले भने । उनका अनुसार कच्ची सडक वर्षायाम वा अन्य कारण सडक बन्द हुँदा ‘एम्बुलेन्स’ जान सक्दैन र नजिकै अस्पताल छैन । उनले भने, “बिरामी हुँदा मर्नुको विकल्प छैन, यहाँका नागरिकले आधारभूत अस्पताल र सडकका कारण दैनिक भोग्नुपरेका समस्यामा सङ्घीय सरकार र प्रदेश सरकारले पर्याप्त चासो दिएको छैन ।”

निर्माणाधीन अवस्थामा रहेको अस्पताल दुईतला बनेपछि अवरुद्ध भएको हो । उक्त अस्पताल निर्माण बहुवर्षीय बजेटमा समावेश गर्नुपर्ने अध्यक्ष थिङको भनाइ छ । चालु वर्षमा प्रदेश सरकारमार्फत विनियोजित रु तीन करोड बजेट अझै निर्माण व्यवसायीलाई भुक्तानी नहुँदा निर्माणको कामलाई निरन्तरता दिन नसकिएको हो । उनका अनुसार चालु वर्षमा निर्माण व्यवसायीको रकम भुक्तानी गरी थप कार्यका लागि बजेट विनियोजन हुँदामात्रै अस्पताल बन्ने कुराको सुनिश्चित हुन्छ ।

तत्कालीन नेकपा नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्राथमिकतामा राखेसँगै तालढुङ्गा स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्नेगरी १० शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो । तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनीले खानीखोला गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि रु १२ करोड ५४ लाखमा सम्झौता गरेको थियो । निर्माण व्यवसायीलाई कार्यसम्पन्न गरेका आधारमा रु दुई करोड ५० लाख भुक्तानी गरिएको जनाएको छ ।

पहाडी क्षेत्र भएका कारण खानीखोलाबाट सदरमुकाम आउने कच्ची सडक सामान्य वर्षामा पनि अवरोध हुने गर्दछ । खानीखोला मकवानपुर जिल्लाबाट नजिकै भए पनि वाग्मती खोलामा विसं २०७३ मा ठेक्का लगाइएको पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाइ छ । उक्त गाउँपालिकामा सुत्केरी महिला उत्थान कार्यक्रम लागू नहुँदा छिमेकी महाभारत गाउँपालिकामा ल्याई सुत्केरी हुन नसकेका महिलाको उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : ०७ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको