२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

बुटवल उद्योग वाणिज्य संघमा २४ वटा बस्तुगत समिति गठन



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा २४ वटा बस्तुगत समिति गठन गरिएको छ । संघको विधान अनुसार उद्योग तर्फका ११ वटा र वाणिज्य तर्फका १३ वटा वस्तुगत समिति गठन गरिएको हो । बाँकी बस्तुगत समिति गठनको प्रकृयामा रहेको संघका अध्यक्ष हरीप्रसाद अर्यालले जानकारी दिए ।

संघमा २५ वटा भन्दा बढी बस्तुगत समिति छन् । बस्तुगत समिति गठनका लागि संघले कार्यसमिति सदस्यहरुलाई बस्तुगत समिति समन्वयकर्ताको जिम्मेवारी प्रदान गरेको थियो । सोही अनुसार उद्योग तर्फ उद्योग उपाध्यक्ष र वाणिज्य तर्फ वाणिज्य उपाध्यक्षको नेतृत्वमा बस्तुगत समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए ।

संघको अधिवेशन भएको तीन महिना भित्र बस्तुगत समिति गठन गरिसक्नु पर्ने व्यवस्था अनुसार अहिलेसम्म उद्योगतर्फ डेरी व्यवसायी, टुर एण्ड ट्राभल्स, ढुवानी व्यवसायी, फूड एण्ड वेभरेज, महिला उद्यमी समिति, ड्राईभिङ, व्यूटीपार्लर, होटल रेष्टुरेन्ट तथा क्याटरिङ, होजेरी गार्मेन्ट तथा फूटवेयर, कृषि तथा लाईभस्टक, क्याटरिङ तथा मिष्ठान्न बस्तुगत समिति गठन गरिएको संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी गराए ।

त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सी, कपडा व्यवसायी, दैनिक उपभोग्य समिति, फूटवेर तथा व्याग, मोटर्स, औषधि, स्टेशनरी, हार्डवेयर, सुनचाँदी, कस्मेटिक, ईलेक्ट्रोनिक्स, भाडा तथा प्लाष्टिक र मोवाई स्तुगत समिति गठन गरिएको वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले जानकारी गराए ।

उद्योगतर्फ डेरी व्यवसायी बस्तुगत समितिको सभापतिमा कृष्णप्रसाद उपाध्ययाय र उपसभापतिमा जीवलाल न्यौपाने, टुर एण्ड ट्राभल्सको सभापतिमा अञ्जन श्रेष्ठ र उपसभातिमा बरुण ज्ञवाली, ढुवानी व्यवसायी समितिको सभापतिमा कमलराज ढुंगाना र उपसभापतिमा विकास शर्मा आचार्य, फूड एण्ड वेभरेजको सभापतिमा दिपक वास्तोला र उपसभापतिमा मोहनीलाल न्यौपाने, महिला उद्यमी समितिको सभापतिमा श्रृष्टि गुरुङ र उपसभापतिमा सोनाली गुरुङ, ड्राईभिङको सभापतिमा कविन्द्रमान श्रेष्ठ र उपसभापतिमा श्रीधर अर्घालीलाई चयन गरिएको छ ।

उद्योगतर्फ नै व्यूटीपार्लर बस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्य, होटल तथा रेष्टुरेन्ट समितिको सभापतिमा सन्तोष खड्का र उपसभापतिमा तुलसीराम भण्डारी, होजेरी गार्मेन्ट तथा फूटवेयरको सभापतिमा नेत्रप्रसाद भुर्तेल र उपसभापतिमा अयोध्याप्रसाद थैव, कृषि तथा लाईभस्टकको सभापतिमा शम्भुप्रसाद गुप्ता र उपसभापतिमा नुरुद्धिन शाह, क्याटरिङ तथा मिष्ठान्न बस्तुगत समितिको सभापतिमा लक्ष्मण पोखरेल र उपसभापतिमा ज्ञानप्रसाद खनाललाई चयन गरिएको छ ।

त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सीको सभापतिमा अरुणकुमार श्रेष्ठ र उपसभापतिमा शंकर ज्ञवाली, कपडा व्यवसायी समितिको सभापतिमा राकेशकुमार कसौधन र उपसभापतिमा हरेन्द्र पटवा, दैनिक उपभोग्य समितिको सभापतिमा नारायण भुसाल र उपसभापपितमा माधव पोखरेल, फूटवेर तथा व्याग सभापतिमा विजयकुमार वर्णवाल र उपसभापतिमा लक्ष्मण पाण्डे, मोटर्स बस्तुगत समितिको सभापतिमा भूमिप्रसाद सापकोटा, औषधि बस्तुगत समितिको सभापतिमा एकदेव बस्याल र उपसभापतिमा दीप खनाल, स्टेशनरीको सभापतिमा बोधराज शर्मा र उपसभापतिमा प्रकाश भट्टराईलाई चयन गरिएको छ ।

त्यस्तै हार्डवेयर बस्तुगत समितिको सभापतिमा राजन पाण्डे र उपसभापतिमा धर्मेन्द्र कसौधन, सुनचाँदीको सभापतिमा किशोरकुमार विश्वकर्मा र उपसभापतिमा दलबहादुर रिसाल, कस्मेटिकको सभापतिमा नरसिंहप्रसाद कान्दु र उपसभापतिमा जनककुमार श्रेष्ठ, ईलेक्ट्रोनिक्सको सभापतिमा सुशिलप्रसाद श्रेष्ठ र उपसभापतिमा नारायण रायमाझी, भाडा तथा प्लाष्टिकको सभापतिमा गोकुल नेपाल र उपसभापतिमा अर्नलराज शाक्य, मोवाई स्तुगत समितिको सभापतिमा शिवदेव अर्याललाई चयन गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : १७ बजे

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । आज देशका अधिकांश स्थानको मौसम सामान्यतया बदली रहने

वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक

काठमाडौँ । पछिल्लो समयमा वित्तीय अपराधमा भएको बढोत्तरीले चुनौती थपेको

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाए

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले

तराईमा चल्ने ‘लु’ बारे काठमाडौंमा सम्वाद : जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक

काठमाडौँ । तराईमा अत्याधि गर्मीसँगै चल्ने तातो हावा ‘लु’ का