२१ मंसिर २०८२, आइतबार | December 8, 2025

बुटवल उद्योग वाणिज्य संघमा २४ वटा बस्तुगत समिति गठन



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा २४ वटा बस्तुगत समिति गठन गरिएको छ । संघको विधान अनुसार उद्योग तर्फका ११ वटा र वाणिज्य तर्फका १३ वटा वस्तुगत समिति गठन गरिएको हो । बाँकी बस्तुगत समिति गठनको प्रकृयामा रहेको संघका अध्यक्ष हरीप्रसाद अर्यालले जानकारी दिए ।

संघमा २५ वटा भन्दा बढी बस्तुगत समिति छन् । बस्तुगत समिति गठनका लागि संघले कार्यसमिति सदस्यहरुलाई बस्तुगत समिति समन्वयकर्ताको जिम्मेवारी प्रदान गरेको थियो । सोही अनुसार उद्योग तर्फ उद्योग उपाध्यक्ष र वाणिज्य तर्फ वाणिज्य उपाध्यक्षको नेतृत्वमा बस्तुगत समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए ।

संघको अधिवेशन भएको तीन महिना भित्र बस्तुगत समिति गठन गरिसक्नु पर्ने व्यवस्था अनुसार अहिलेसम्म उद्योगतर्फ डेरी व्यवसायी, टुर एण्ड ट्राभल्स, ढुवानी व्यवसायी, फूड एण्ड वेभरेज, महिला उद्यमी समिति, ड्राईभिङ, व्यूटीपार्लर, होटल रेष्टुरेन्ट तथा क्याटरिङ, होजेरी गार्मेन्ट तथा फूटवेयर, कृषि तथा लाईभस्टक, क्याटरिङ तथा मिष्ठान्न बस्तुगत समिति गठन गरिएको संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी गराए ।

त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सी, कपडा व्यवसायी, दैनिक उपभोग्य समिति, फूटवेर तथा व्याग, मोटर्स, औषधि, स्टेशनरी, हार्डवेयर, सुनचाँदी, कस्मेटिक, ईलेक्ट्रोनिक्स, भाडा तथा प्लाष्टिक र मोवाई स्तुगत समिति गठन गरिएको वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले जानकारी गराए ।

उद्योगतर्फ डेरी व्यवसायी बस्तुगत समितिको सभापतिमा कृष्णप्रसाद उपाध्ययाय र उपसभापतिमा जीवलाल न्यौपाने, टुर एण्ड ट्राभल्सको सभापतिमा अञ्जन श्रेष्ठ र उपसभातिमा बरुण ज्ञवाली, ढुवानी व्यवसायी समितिको सभापतिमा कमलराज ढुंगाना र उपसभापतिमा विकास शर्मा आचार्य, फूड एण्ड वेभरेजको सभापतिमा दिपक वास्तोला र उपसभापतिमा मोहनीलाल न्यौपाने, महिला उद्यमी समितिको सभापतिमा श्रृष्टि गुरुङ र उपसभापतिमा सोनाली गुरुङ, ड्राईभिङको सभापतिमा कविन्द्रमान श्रेष्ठ र उपसभापतिमा श्रीधर अर्घालीलाई चयन गरिएको छ ।

उद्योगतर्फ नै व्यूटीपार्लर बस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्य, होटल तथा रेष्टुरेन्ट समितिको सभापतिमा सन्तोष खड्का र उपसभापतिमा तुलसीराम भण्डारी, होजेरी गार्मेन्ट तथा फूटवेयरको सभापतिमा नेत्रप्रसाद भुर्तेल र उपसभापतिमा अयोध्याप्रसाद थैव, कृषि तथा लाईभस्टकको सभापतिमा शम्भुप्रसाद गुप्ता र उपसभापतिमा नुरुद्धिन शाह, क्याटरिङ तथा मिष्ठान्न बस्तुगत समितिको सभापतिमा लक्ष्मण पोखरेल र उपसभापतिमा ज्ञानप्रसाद खनाललाई चयन गरिएको छ ।

त्यस्तै वाणिज्यतर्फ रेडिमेट फेन्सीको सभापतिमा अरुणकुमार श्रेष्ठ र उपसभापतिमा शंकर ज्ञवाली, कपडा व्यवसायी समितिको सभापतिमा राकेशकुमार कसौधन र उपसभापतिमा हरेन्द्र पटवा, दैनिक उपभोग्य समितिको सभापतिमा नारायण भुसाल र उपसभापपितमा माधव पोखरेल, फूटवेर तथा व्याग सभापतिमा विजयकुमार वर्णवाल र उपसभापतिमा लक्ष्मण पाण्डे, मोटर्स बस्तुगत समितिको सभापतिमा भूमिप्रसाद सापकोटा, औषधि बस्तुगत समितिको सभापतिमा एकदेव बस्याल र उपसभापतिमा दीप खनाल, स्टेशनरीको सभापतिमा बोधराज शर्मा र उपसभापतिमा प्रकाश भट्टराईलाई चयन गरिएको छ ।

त्यस्तै हार्डवेयर बस्तुगत समितिको सभापतिमा राजन पाण्डे र उपसभापतिमा धर्मेन्द्र कसौधन, सुनचाँदीको सभापतिमा किशोरकुमार विश्वकर्मा र उपसभापतिमा दलबहादुर रिसाल, कस्मेटिकको सभापतिमा नरसिंहप्रसाद कान्दु र उपसभापतिमा जनककुमार श्रेष्ठ, ईलेक्ट्रोनिक्सको सभापतिमा सुशिलप्रसाद श्रेष्ठ र उपसभापतिमा नारायण रायमाझी, भाडा तथा प्लाष्टिकको सभापतिमा गोकुल नेपाल र उपसभापतिमा अर्नलराज शाक्य, मोवाई स्तुगत समितिको सभापतिमा शिवदेव अर्याललाई चयन गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : १७ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब