१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बाँके र बर्दियाको धार्मिक र पर्यटकीय स्थल चिनाउन ‘टुर दि ठाकुरद्वारा’को छैठौं संस्करण हुँदै



नेपालगन्ज । बाँके र बर्दियामा रहेका धार्मिक, पर्यटकीयस्थल तथा संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले हरेक वर्ष गरिँदै आएको ‘टुर दि ठाकुरद्वारा’ यसवर्ष माघ २६ र २७ गते आयोजना गरिने भएको छ । छैठौ संस्करणमा आयोजना हुने टुर दि ठाकुरद्वारामा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने आयोजक नेपालगञ्ज साइक्लिङ क्लवले जनाएको छ ।

कार्यक्रमको संयोजनका लागि आजबाट नेपालगन्जमा ‘टुर दि ठाकुरद्वारा’को सचिवालय स्थापना गरिएको छ । आज एक कार्यक्रमकाबीच संघीय सांसद डा. धवलशमशेर राणाले सचिवालयको उद्घाटन गरेका छन् । नेपालगञ्ज साइक्लिङ क्लवले हरेक वर्ष आयोजना गर्ने टुर दि ठाकुरद्वाराको सचिवालयको संघीय सांसद राणाले उद्घाटन गरेका हुन् ।

टुर दि ठाकुरद्वाराले बाँके र बर्दियामा रहेका धार्मिक, पर्यटकीयस्थल तथा संस्कृतिको प्रचार प्रसार गर्ने गर्दछ । उदघाटन कार्यक्रममा बोल्दै संघीय सांसद डा. राणाले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म हुने साइकलयात्राजस्तै रारासम्म जाने गरी कार्यक्रम गराउन सके पर्यटन प्रवद्र्धनमा अझ टेवा पुग्ने बताए ।

टुर दि ठाकुरद्वाराको छैठौ संस्करणमा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने क्लवका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।

टुर दि ठाकुरद्वारा संचालन हुनु अघि नेपालगञ्जमा १२ वर्षमुनिका बच्चालाई लक्षित गरी किड्स रेस, कन्जरभेसन टक, रक्तदान गर्ने कार्यक्रम राखिएको अध्यक्ष सापकोटाले बताए ।

टुर दि ठाकुरद्वारामा सहभागी हुन आउने नेपाल र भारतका प्रतिनिधिलाई नेपालगञ्जमा बागेश्वरी मन्दिरको दर्शन, टाँगा सफारी, बाँके राष्ट्रिय निकुञ्जमा सफारी, यहाँको रैथाने खाना खुवाउने, बर्दियामा थारु संस्कृतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको क्लवका निवर्तमान अध्यक्ष सतिश निरौलाले बताए। टुर दि ठाकुरद्वारामा साइकलयात्रासँगै पर्यटन, पर्यापर्यटन, वन्यजन्तु संरक्षण, धर्म र संस्कृतिको विषयमा छलफल हुने उनले बताए ।

टुर दि ठाकुरद्वाराको पहिलो र दोस्रो संस्करणमा दुई जना अष्टे«लियन नागरिकले पनि भाग लिएका थिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : २५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले