८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपाल प्रहरीका १६ डीआईजीको काज सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो । बैठकले सबै प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने समेत निर्णय गरेको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ सरुवा गरेको छ । मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर काज सरूवा गरिएको छ ।

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआईजी बुद्धिराज तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा र बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज तानिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका भीमप्रसाद ढकाललाई प्रहरी महानिरीक्षकको सचिवालय तानिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : २५ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति