१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा वस्तुगत समिति गठन



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप तीनवटा वस्तुगत समिति गठन गरिएको छ । बिहिबार भएको सदस्य व्यवसायीहरुको छुट्टाछुट्टै भेलाले उद्योग तर्फका निर्माण व्यवसायी, फर्निचर (स-मिल) र ग्रिल तथा ईञ्जिनियरिङ् वस्तुगत समिति गठन गरिएको उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिए ।

निर्माण व्यवसायी समितिको समन्वयकर्ता कार्यसमिति सदस्य निर्मित कसजू, फर्निचर (स-मिल) समितिको समन्वयकर्ता कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे र ग्रिल तथा ईञ्जिनियरिङ् वस्तुगत समितिको समन्वयकर्ता कार्यसमिति सदस्य सुरेन्द्रमुनी शाक्य रहेका छन ।

कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगी व्यवसायीहरुको हकहितको लागि स्थापित संघले त्योसंगसंगै उद्योगी व्यवसायीहरुको व्यवसायिक विकासका कायक्रम पनि नियमित रुपमा सञ्चालन गरिरहेको जानकारी दिए । गठित वस्तुगत समितिले सम्बन्धित वस्तुगत समिति अन्तरगतका उद्योगी व्यवसायीहरुमा भएका समस्या र उठान गरेर संघमा जानकारी गराउन आग्रह गरे ।

निर्माण व्यवसायी वस्तुगत समितिको सभापतिमा सन्तोष केसी, उपसभापतिमा दामोदरलाल जोशी, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ र सदस्यमा शान्ति श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै यदुनाथ पाण्डे, नारायण बस्याल र मोहनलाल जोशीलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यस्तै फर्निचर (स-मिल) वस्तुगत समितिको सभापतिमा नरबहादुर श्रीसलाई चयन गरिएको छ । उक्त समितिको उपसभापतिमा बुद्धबहादुर सारु, सचिवमा हिराबहादुर केसी, कोषाध्यक्षमा केयरसिंह सिंजाली तथा सदस्यहरुमा विष्णु भुसाल पाण्डे र कृष्णप्रसाद श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै बोनिन पिया, नरेशकुमार श्रेष्ठ, सुरेन्द्र ज्ञवाली, जीवकान्त काफ्ले, सावित्रा टण्डन र नेत्रबहादुर रुचाललाई सल्लाहकारमा चयन गरिएको छ ।

ग्रिल तथा ईञ्जिनियरिङ् वस्तुगत समितिको सभापतिमा उमेशप्रसाद श्रेष्ठ, उपसभापतिमा महेन्द्रकुमार कार्की, सचिवमा दिपक थापा तथा सदस्यहरुमा विजय श्रेष्ठ, विनोदराज न्यौपाने र मानबहादुर विकलाई चयन गरिएको छ । त्यस्तै अशोक बर्मा र देवानसिंह थापालाई सल्लाहकार चयन गरिएको छ । संघमा यस अंगाडि २४ वटा वस्तुगत समिति गठन भईसकेका छन् ।

कार्यक्रममा लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीकी अध्यक्ष मञ्जु भुसाल, फर्निचर वस्तुगत समितिका सल्लाहकार जीवकान्त काफ्ले, सावित्रा टण्डन, अशोक बर्मा लगायतले भनाई राखेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ४ : ४९ बजे

प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा