७ पुस २०८२, सोमबार | December 23, 2025

बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा वस्तुगत समिति गठन



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप तीनवटा वस्तुगत समिति गठन गरिएको छ । बिहिबार भएको सदस्य व्यवसायीहरुको छुट्टाछुट्टै भेलाले उद्योग तर्फका निर्माण व्यवसायी, फर्निचर (स-मिल) र ग्रिल तथा ईञ्जिनियरिङ् वस्तुगत समिति गठन गरिएको उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिए ।

निर्माण व्यवसायी समितिको समन्वयकर्ता कार्यसमिति सदस्य निर्मित कसजू, फर्निचर (स-मिल) समितिको समन्वयकर्ता कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे र ग्रिल तथा ईञ्जिनियरिङ् वस्तुगत समितिको समन्वयकर्ता कार्यसमिति सदस्य सुरेन्द्रमुनी शाक्य रहेका छन ।

कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगी व्यवसायीहरुको हकहितको लागि स्थापित संघले त्योसंगसंगै उद्योगी व्यवसायीहरुको व्यवसायिक विकासका कायक्रम पनि नियमित रुपमा सञ्चालन गरिरहेको जानकारी दिए । गठित वस्तुगत समितिले सम्बन्धित वस्तुगत समिति अन्तरगतका उद्योगी व्यवसायीहरुमा भएका समस्या र उठान गरेर संघमा जानकारी गराउन आग्रह गरे ।

निर्माण व्यवसायी वस्तुगत समितिको सभापतिमा सन्तोष केसी, उपसभापतिमा दामोदरलाल जोशी, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ र सदस्यमा शान्ति श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै यदुनाथ पाण्डे, नारायण बस्याल र मोहनलाल जोशीलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यस्तै फर्निचर (स-मिल) वस्तुगत समितिको सभापतिमा नरबहादुर श्रीसलाई चयन गरिएको छ । उक्त समितिको उपसभापतिमा बुद्धबहादुर सारु, सचिवमा हिराबहादुर केसी, कोषाध्यक्षमा केयरसिंह सिंजाली तथा सदस्यहरुमा विष्णु भुसाल पाण्डे र कृष्णप्रसाद श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै बोनिन पिया, नरेशकुमार श्रेष्ठ, सुरेन्द्र ज्ञवाली, जीवकान्त काफ्ले, सावित्रा टण्डन र नेत्रबहादुर रुचाललाई सल्लाहकारमा चयन गरिएको छ ।

ग्रिल तथा ईञ्जिनियरिङ् वस्तुगत समितिको सभापतिमा उमेशप्रसाद श्रेष्ठ, उपसभापतिमा महेन्द्रकुमार कार्की, सचिवमा दिपक थापा तथा सदस्यहरुमा विजय श्रेष्ठ, विनोदराज न्यौपाने र मानबहादुर विकलाई चयन गरिएको छ । त्यस्तै अशोक बर्मा र देवानसिंह थापालाई सल्लाहकार चयन गरिएको छ । संघमा यस अंगाडि २४ वटा वस्तुगत समिति गठन भईसकेका छन् ।

कार्यक्रममा लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीकी अध्यक्ष मञ्जु भुसाल, फर्निचर वस्तुगत समितिका सल्लाहकार जीवकान्त काफ्ले, सावित्रा टण्डन, अशोक बर्मा लगायतले भनाई राखेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ४ : ४९ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत