६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देही व्यापार संघको १२ औं अधिवेशन माघ ५ गते, नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी सुरु



बुटवल । रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन माघ ५ गते हुने भएको छ । अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरि काम अगाडी बढाएको संघले जनाएको छ ।

संघको अधिवेशनले आगामी २ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले संघमा चुनावी तयारी पनि अगाडी बढेको संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अगाडी बढाउन संघका कानुनी सल्लाहाकार लेखनाथ ढकाल प्रमुख निर्वाचन अधिकृत, प्रेस सल्लाहाकार सुमन अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन समितिले नया नेतृत्व चयनका लागि निर्वाचन कार्य तालिका तय गरि निर्वाचन कार्यक्रम अगाडी बढाएको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले बताए ।

निर्वाचन कार्यक्रम अनुसार मंगलवार र बुधवार मतदाता नामावली प्रकाशन गरि दावी विरोध तथा अन्तिम नामावली प्रकाशनको काम सकिएको संघले जनाएको छ । त्यसैगरि माघ २ गते उम्मेदवारी दर्ता, ३ गते उम्मेदवारीमाथि दावी विरोध तथा मनोनय फिर्ता र ४ गते अन्तिम नामावली प्रकाशन तालिका तय गरिएको छ । संघमा कुल मतदाता संख्या १५ सय ९६ रहेका छन् ।

निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष, सहसचिव र सदस्य २१ जना निर्वाचित हुने छन् । निर्वाचन कार्यक्रम घोषणा भएसंगै नयाँ नेतृत्वका लागि व्यवसायीहरुवीच चुनावी सरगर्मी बढेको छ ।

संघको माघ ५ गते हुने उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. १ का सांसद तथा नेकपा एमालेका नेता छवीलाल विश्वकर्मा रहेको जनाइएको छ । उद्घाटन सत्रपछि हुने बन्द सत्रमा बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुने संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताए ।

व्यापारका अलग–अलग प्रकृति एंव स्तर हुने र राज्यका नीतिहरु पनि फरक–फरक हुनुपर्दछ भन्ने मान्यता राख्दै विशुद्ध रुपमा व्यवसायीहरुमा परेका समस्याहरुको सम्बोधन गर्न र राज्यको आर्थिक विकासमा हातेमालो गर्ने उद्देश्यले २०५७ साल कार्तिक २८ गते रुपन्देही व्यापार संघको स्थापना भएको हो । संघले आफ्नो. स्थापना कालदेखि नै सांगठनिक संरचनालाई उत्कृष्टता हासिल गर्दै ग्रामीण तथा शहरी क्षेत्रका व्यवसायीहरलाई एउटै छातामा गोलबन्द गरी जिल्लाको विशिष्टतालाई मध्यनजर गर्दै व्यवसायीहरुको संगम स्थल बनाउने कुारमा जोड दिँदै आएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : ०२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क