९ श्रावण २०८३, शनिबार | July 25, 2026

कोइला खानी दुर्घटनामा मध्य चीनमा १० जनाको मृत्यु, ६ बेपत्ता



झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङसान शहरस्थित कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटना हुँदा जम्मा ४२५ जना कामदारहरू काम गरिरहेको जानकारीमा आएको छ । ती मध्ये फसेका ३८० जनालाई खानीबाट बाहिर निकालिएको थियो । बाँकी कामदार सबै सकुशल रहेको बताइएको छ । कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले हिरासतमा राखेका छन् ।

आपतकालीन व्यवस्थापन मन्त्रालयबाट खटिएका कार्यदल शनिबार बिहान घटनास्थल पुगेको थियो । मन्त्रालयले मृतक र बेपत्ता व्यक्तिको सङ्ख्या एकिन गर्न, खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न तथा थप जोखिम रोक्न र दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन पहल गर्न आग्रह गरेको छ ।

उद्धार कार्य अझै जारी छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ४० बजे

नेपालगन्जका बिभिन्न चौकहरुमा एकैदिनमा ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने राणा नक्कली रिभल्वर सहित पक्राउ

बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

पोखरा । पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा