३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

बालुवाटार जग्गा, नक्कली भुटानी शरणार्थी, सुनकाण्ड कोट्याउदा सत्ताकै अनुहार देखियो : महासचिव पोखरेल



नेपालगन्ज । एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । प्रेस चौतारी, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धनबाट मुलुकको विकास र समृद्धि हुन नसक्ने बताए ।

महासचिव पोखरेलले सत्तामा जाने विषयमा एमालेले नसोचेको बताउदै अहिले पार्टी संगठन बलियो बनाउन लागि परेको बताए । एमालेले मध्यपहाडी क्षेत्रमा गरेको समृद्धिका लागि संकल्प यात्राले त्यस क्षेत्रका जनतामा रहेको निराशालाई हटाउने काम गरेको बताउदै उनले अब हुलाकी क्षेत्रमा पनि त्यस किसिमको यात्रा गर्ने जानकारी दिए ।

महासचिव पोखरेलले एमाले कम्युनिष्ट पार्टीहरुसँग एकतातिर नलागेर सही विचार बोक्नेका बीचमा धु्रवीकरण गर्न लागि परेको बताए ।

फरक प्रसंगमा सरकारले बेतिथिहरु समाधान नगर्दा जनतामा निराशा छाएको पोखरेलको भनाई थियो । उनले बालुवाटार जग्गा, नक्कली भुटानी शरणार्थी, सुनकाण्ड कोट्याउदा सत्ताकै अनुहार देखिएपछि सरकारले फाइल बन्द गरेको आरोप लगाए ।

प्रेस चौतारी नेपाल, बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरु पशुपतिदयाल मिश्र, मो. हारुनलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : ०२ बजे

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख

पोखराबाट गुल्मीको तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना

बुटवल । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जादैँ गरेको बस रिडीमा

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ

बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट