३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

त्रिशुली नदीमा खसेको गाडी सिंगल क्याबिन बोलेरो भएको पुष्टि



चितवन । नारायणगढ-मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी (सिंगल क्याविन) भेटिएको हो ।

गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको बताएको छ । मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो । सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङका अनुसार गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ । नम्बर प्लेट फेला परेअनुसार नदीमा खसेको गाडी भारतीय हुनसक्ने आकलन गरिएको छ ।

पहिलो चरणको खोजीका क्रममा गाडी भित्र मानिस फेला नपरेको देखिए पनि पुन: दोस्रो चरणको खोजी हुने सशस्त्र प्रहरीले जनाएको छ ।

नदीमा खसेको गाडी कहाँबाट कहाँ जाँदै थियो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : १४ बजे

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन