१६ बैशाख २०८१, आइतबार | April 28, 2024

सामूहिक बलात्कार प्रकरण : आरोपी पाँचै जनालाई थुनामा राख्न अदालतको अनुमति



मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेका पाँचै जना आरोपीमाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ।

सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेकोमा थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेका पाँचै जनालाई १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले बताए।

उनले सबैलाई म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए। तीन दिन अगाडी ३ जनालाई नियन्त्रणमा लिएर १३ दिनसम्म म्याद थप गरेकोमा आज थप दुई जना लाई १३ दिन म्याद थप गर्ने अनुमति पाएको प्रहरीको भनाइ छ।

सामूहिक बलात्कारमा परेकी बालिका स्वास्थ्य सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ।

बालिका अहिले प्रदेश अस्पतालको (ओसिएमसी) अन्तर्गत फाँटमा रहेकी छन्। छायाँनाथ रारा नगरपालिका–१४ घर भई गमगढी बजारमा बस्दै आएकी एक १४ वर्षीया बालिकामाथि नगर प्रहरीसहित नौजनाले सामूहिक बलात्कार गरेको प्रहरीले बताउँदै आएको छ ।

प्रहरीले बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय छाँयानाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकाया र ३ जना १४ वर्षका बालक सहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ४५ बजे

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा