४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

चितवनको केराघारी भित्र पुरुषको शव फेला



चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारी भित्र बिहीवार एक पुरुषको शव फेला परेको छ ।

मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोका मगर नाम गरेको लाईसेन्स फेला परेको छ । मृतकको परिवारसँग सम्पर्क गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

खैरहनी–१२ बस्ने हरी पाठकको जग्गामा एकला महतोले लगाएको केरा घारी भित्र पुरुषको शव फेला परेको हो । मृतकको शरिरमा ठूलो चोट नदेखिएको र घुँडा कोतारिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौँका एक व्यक्तिले मौरी चरनका लागि खटाएका थिए । शवको पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ९ : ५६ बजे

पृतनापति ट्रफि-२०८३ शुभारम्भ, फुटबलमा शम्सेर गणको विजयी शुरुवात

बुटवल । नेपाली सेनामा रहेका खेलाडीहरुको क्षमता विकास तथा क्षमतावान

राष्ट्रिय आर्थिक गणना : करिब ८७ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमार्डौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपालद्वारा स्कटल्याण्डमाथि ६ विकेटको शानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डलाई ६ विकेटले

पहिरोका कारण मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अवरुद्ध

काठमाडौं । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ