२० मंसिर २०८२, शनिबार | December 6, 2025

अत्याधिक चिसो बढेपछि रुपन्देहीका विद्यालयहरुमा सार्वजनिक बिदा दिने निणर्य



बुटवल । रुपन्देहीमा पछिल्लो केही दिनयता हुस्सु र कुहिरोसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय पालिकाहरुले विद्यालयमा सार्वजनिक बिदा दिने निणर्य गरेका छन ।

अत्याधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले आज माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरुमा जाडो बिदा दिएको हो । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने बताए ।

त्यस्तै तिलोत्तमा नगरपालिकाले माघ १० गतेसम्म सार्वजनिक बिदाको आह्वान गरेको छ । यसैगरी सिद्धार्थनगरनगरपालिका लगायतका अन्य पालिकाहरुले पनि सार्वजनिक बिदा आह्वान गरेका छन् ।

चिसो अत्याधिक बढेका कारण बालबालिकाहरु तथा वृद्धवृद्धाहरुलाई सकेसम्म घर बाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् । सकेसम्म उनीहरुलाई न्यायो ठाउँमा बस्नुपर्ने बताइएको छ । यसैगरी अन्य उमेर समूहका व्यक्तिहरुले समेत न्यानो र बाक्लो कपडा लगाएर बाहिर निस्कन चिकित्सकहरुको सल्लाह छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय