४ चैत्र २०८२, बुधबार | March 19, 2026

अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा : रुपन्देहीको गैडहवामा बिदा सहित माछा, मासु र मदिरा प्रतिबन्ध



बुटवल । भारतको अयोध्यामा सोमबार हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठाका दिन रुपन्देहीको गैडहवा गाउँपालिकाले सार्वजनिक बिदा सहित सो दिन माछा, मासु र मदिरा सेवन, काटमार र बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै मित्र राष्ट्र भारतको अयोध्यामा नव निर्मित श्री राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेको साथै रामको विवाह नेपालकी छोरी सितासंग भएको भन्दै उक्त दिन गाउँपालिका क्षेत्रभित्र कुनै पनि पशुपन्छी जीवजन्तु आदिको वध, मदिरा, माछा, मासुको विक्री वितरण कार्य नगर्न सूचीत गरेको छ ।

सूचनामा सोमबारका दिन गाउँपालिकाको कार्यालय, बडा कार्यालय स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुलाई स्थानीय विदा दिइएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ०७ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन