४ चैत्र २०८२, बुधबार | March 19, 2026

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : रामको ससुराली जनकपुरमा उत्सव



जनकपुरधाम । करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ । अयोध्यामा बालरुपी रामको प्रतिमाको पुजापाठ गरेर प्राण प्रतिष्ठा गरिदै छ भने यता भगवान रामको ससुराली अर्थात जनकपुरमा उल्लासको वातावरण सहित प्राण प्रतिष्ठालाई उत्सवमय बनाइएको छ ।

जनकपुर सीताको जन्म भुमि र भगवान रामको ससुराली भएको कारणले जनकपुरको मठमन्दिरहरुलाई समेत भव्य रुपमा सजाइएको छ ।  जनकपुरको चौक चौकहरुमा ध्वजा फहराइएको छ भने समाजिक संजालमा जय श्रीरामले छाएको छ । अहिले चौक चौकमा राम मन्दिरकै चर्चा रहेको छ ।

जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र सहायक महन्थ राम रोशन दासलाई अयोध्याको प्राण प्रतिष्ठामा सहभागिताको लागि आमन्त्रण गरिएपछि उनीहरु अयोध्या पुगेका छन् भने स्थानिय युवाहरुको सहभागितामा जानकी मन्दिरलाई भव्य रुपमा सजाइएको छ । हिजो दिउँसो नगर क्षेत्रमा हिन्दु संगठनका युवाहरुको सहयोगमा शोभा यात्रा समेत प्रदर्शन गरिएको थियो ।

जनकपुरधाम उप महानगरपालिकाले आज नगर क्षेत्र भित्र होटल र पसलहरुमा मासुजन्य पदार्थ र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको छ । भारतमा भईरहेको प्राण प्रतिष्ठाको कारण जनकपुरधाम मदिराजन्य कारोवारमा रोक लगाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनाकारी दिए ।

उनले जनकपुर भगवान रामको ससुराली भएको कारणले गर्दा समेत यहाको सर्वसधारणमा मन्दिर निर्माण र प्राण प्रतिष्ठालाई लिएर उत्साहको अवस्था रहेको बताए । साँझ जनकपुरवासीलाई दिपावली मनाउनको लागि आब्हानसमेत नगरपालिका र उद्योग वाणिज्य संघले गरेको छ ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले साँझ व्यापारी र स्थानियवासीहरुलाई आ आफनो घरमा दिपावली मनाउनको लागि आग्रह गरिएको बताए ।

जानकी मन्दिरमा विभिन्न हिन्दु संगठनहरुले सवा लाख दियो वाल्ने कार्यक्रम रहेको छ । यसको लागि आवश्यक दियो र तेलको प्रबन्ध स्थानीयवासीहरुको सहयोगमा गरिएको छ ।

जनकपुर नगर क्षेत्रलाई गेरुवा रंगको झण्डाले नगर सजाइएको छ भने हिजो राति देखि नै रंगिचंगी बत्तिले नगर क्षेत्रलाई झकी झकाउ पारिएको छ । राजा जनकको दरवार मानिएको जानकी मन्दिरलाई बहुरंगी बत्तीले सजाइएको  छ । यस अघि जनकपुरवाट दैनिक खाद्यन्न तथा सुनचांदी सहित सौगात समेत अयोध्याय पठाइएको थियो ।

त्यसैगरी, यसअघि नै मन्दिर निर्माणको लागि आवश्यक विभिन्न खालको मुर्ति निर्माणको लागि काली गण्डकीबाट शालिग्रामका शिला समेत अयोध्या पठाइएको थियो । १५औँ शताब्दीमा, मुगल सम्राट बाबरले राम जन्मभूमिमाथि बाबरी मस्जिद निर्माण गरेका थिए ।

 

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : ३५ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन