२ भदौ २०८३, मंगलबार | August 19, 2026

तिलोत्तमा नगरस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी, ५४ मध्ये ४६ स्वर्णको टुगो लाग्यो



तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा जारी पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा अहिलेसम्म ५४ मध्ये ४६ स्वर्ण पदकको टुगों लागेको छ ।

सोमबारबाट सुरु भएको प्रतियोगितामा अहिलेसम्म कराँते र तेक्वान्दोतर्फका खेलहरु सम्पन्न भैसकेका छन भने एथ्लेटिक्स तर्फका केही खेलहरुको टुगों लागिसकेको छ ।

बुधबार ३ हजार मिटर दौड, ४ गुणे ४०० मिटर रिले दौड, ज्याभलिन थ्रो तथा भलिबल र कबड्ढीका सेमीफाइनल एवं फाइनल खेलहरु सम्पन्न गरिने आयोजक तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिता बुधबार समापन हुनेछ ।

तिलोत्तमा-४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग छन भने प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद रु ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ११ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति