४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

आजको मौसम : ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका भु-भागहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बुधबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ४३ बजे

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा

कामु प्रधानन्यायाधीशको आदेशपछि ‘दरपिठ’ निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदद्वारा पर्चा देखाएर विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध

गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन

काठमाडौं । गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका