१२ बैशाख २०८३, शनिबार | April 25, 2026

यू-१९ विश्वकप क्रिकेट : आज नेपालले पाकिस्तानको सामना गर्दै



काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो ।

पाकिस्तान नेपालविरुद्ध पनि जित निकालेर समूहको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ । नेपाल बलियो टोली पाकिस्तानलाई हराएर विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

नेपालले पाकिस्तानपछि लिगको अन्तिम खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ ।

यू-१९ विश्वकपमा यसपटक टोलीलाई ग्रुप ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टोली रहेकोमा समूहको शीर्ष ३ टोली सुपर ६ मा पुग्नेछन् । त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको २ समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ४६ बजे

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

नेपाल-बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौं । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल-बङ्गलादेश

आगलागीमा परी एक जनाको मृत्यु

कैलाली । घोडाघोडी नगरपालिका-१, सुखडस्थित एक लजमा गए राति आगलागी