३० भदौ २०८३, मंगलबार | September 15, 2026

पुस मसान्त सकिँदा नेपालगन्ज भन्सारको राजश्व योगदान लक्ष्यको ५९.८४ प्रतिशत मात्र



नेपालगन्ज । चालु आर्थिक वर्षको पुष मसान्तसम्म नेपालगञ्ज भन्सार कार्यालयले यस वर्ष लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएको छ । देशका अन्य भन्सार कार्यालयहरु सरह नेपालगन्ज भन्सार कार्यालय पनि राजश्व संकलनको लक्ष्य हासिल गर्न असफल भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयलाई श्रावण महिनामा रु एक अर्व ८१ करोड ३० लाख लक्ष्य दिएकोमा रु १ अर्व ४१ करोड ४० लाख मात्र असुल गर्न सकेको छ । त्यसैगरी भदौमा तोकिएको रु २ अर्व २२ करोड १४ लाख लक्ष्यमा १ अर्व ४५ करोड ११ लाख, असोजमा रु २ अर्व ४४ करोड ५३ लाख लक्ष्यमा १ अर्व ४८ करोड ६० लाख, कार्तिकमा २ अर्व ३८ करोड ९१ लख लक्ष्यमा १ अर्व २४ करोड २१ लाख, मंसिरमा २ अर्व ५२ करोड ३६ लाख लक्ष्यमा १ अर्व ५५ करोड ८९ लाख र पुषको रु २ अर्व ५६ करोड ६० लाख लक्ष्य तोकिएकोमा रु १ अर्व ५३ करोड ५५ लाख मात्र राजश्व असुली भएको नेपालगन्ज भन्सारले जनाएको छ ।

नेपालगञ्ज भन्सारका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार बिगतमा राजश्व असुलीमा योगदान गरेका सामाग्रीमा भएको आयातको कमीले राजश्व लक्ष्य अनुसार संकलन हुन नसकेको हो । उनले आयातको कमीले देशभरका भन्सार जस्तै नेपालगन्जमा पनि लक्ष्य भेट्न नसकिएको बताए । गत आर्थिक वर्षको तुलनामा राजश्व असुली बढेको लम्सालले बताए ।

उनका अनुसार,गत आर्थिक वर्षको पुष महिनाकोमा लक्ष्य ५६.३१ प्रतिशत राजश्व संकलन भएकोमा चालु आवको पुष महिनामा भने लक्ष्यको ५९.८४ प्रतिशत राजश्व संकलन भएको छ ।

राजश्व संकलनमा योगदान दिदै आएका चामल, सुपारी लगायतका केही बस्तुको आयात घटेका कारण राजश्व संकलन प्रभावित भएको हो ।

राजस्व सोचेअनुरुप संकलन हुन नसक्नुमा कमजोर भन्सार प्रशासन र खुल्ला नाकाको दुरुपयोग गर्दै चोरी, तस्करी मुख्य कारण रहेको बताइएको छ । भन्सारले चामल लगायतको सामाग्रीको आयात घटेको बताएपनि नेपालगन्ज हुँदै हरेक दिन लाखौंको बिना भन्सारको चामल पहाडी जिल्लाहरुमा जाने गरेको व्यवसायीहरुले बताउने गर्दछन् ।

नेपालगन्ज भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लाष्टिकको नालीपाइप, दाल, चिनी, चोकर, भुस, प्लाष्टिक बोतल, वियर पुराना कपडा तथा लुगाफाटा, प्लाष्टिक पाइप फिटिङ, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता समान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।

आयातीत वस्तुमा एमएस ब्लेट, डिजेल, पेट्रोल जिप, कार भ्यानलगायतका सवारी साधन पेट्रोलियम पदार्थ, कोइला, पोलिथिन दाना, तेल,मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री रहेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १० : ५१ बजे

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि