३० बैशाख २०८१, आइतबार | May 12, 2024

पुस मसान्त सकिँदा नेपालगन्ज भन्सारको राजश्व योगदान लक्ष्यको ५९.८४ प्रतिशत मात्र



नेपालगन्ज । चालु आर्थिक वर्षको पुष मसान्तसम्म नेपालगञ्ज भन्सार कार्यालयले यस वर्ष लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएको छ । देशका अन्य भन्सार कार्यालयहरु सरह नेपालगन्ज भन्सार कार्यालय पनि राजश्व संकलनको लक्ष्य हासिल गर्न असफल भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयलाई श्रावण महिनामा रु एक अर्व ८१ करोड ३० लाख लक्ष्य दिएकोमा रु १ अर्व ४१ करोड ४० लाख मात्र असुल गर्न सकेको छ । त्यसैगरी भदौमा तोकिएको रु २ अर्व २२ करोड १४ लाख लक्ष्यमा १ अर्व ४५ करोड ११ लाख, असोजमा रु २ अर्व ४४ करोड ५३ लाख लक्ष्यमा १ अर्व ४८ करोड ६० लाख, कार्तिकमा २ अर्व ३८ करोड ९१ लख लक्ष्यमा १ अर्व २४ करोड २१ लाख, मंसिरमा २ अर्व ५२ करोड ३६ लाख लक्ष्यमा १ अर्व ५५ करोड ८९ लाख र पुषको रु २ अर्व ५६ करोड ६० लाख लक्ष्य तोकिएकोमा रु १ अर्व ५३ करोड ५५ लाख मात्र राजश्व असुली भएको नेपालगन्ज भन्सारले जनाएको छ ।

नेपालगञ्ज भन्सारका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार बिगतमा राजश्व असुलीमा योगदान गरेका सामाग्रीमा भएको आयातको कमीले राजश्व लक्ष्य अनुसार संकलन हुन नसकेको हो । उनले आयातको कमीले देशभरका भन्सार जस्तै नेपालगन्जमा पनि लक्ष्य भेट्न नसकिएको बताए । गत आर्थिक वर्षको तुलनामा राजश्व असुली बढेको लम्सालले बताए ।

उनका अनुसार,गत आर्थिक वर्षको पुष महिनाकोमा लक्ष्य ५६.३१ प्रतिशत राजश्व संकलन भएकोमा चालु आवको पुष महिनामा भने लक्ष्यको ५९.८४ प्रतिशत राजश्व संकलन भएको छ ।

राजश्व संकलनमा योगदान दिदै आएका चामल, सुपारी लगायतका केही बस्तुको आयात घटेका कारण राजश्व संकलन प्रभावित भएको हो ।

राजस्व सोचेअनुरुप संकलन हुन नसक्नुमा कमजोर भन्सार प्रशासन र खुल्ला नाकाको दुरुपयोग गर्दै चोरी, तस्करी मुख्य कारण रहेको बताइएको छ । भन्सारले चामल लगायतको सामाग्रीको आयात घटेको बताएपनि नेपालगन्ज हुँदै हरेक दिन लाखौंको बिना भन्सारको चामल पहाडी जिल्लाहरुमा जाने गरेको व्यवसायीहरुले बताउने गर्दछन् ।

नेपालगन्ज भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लाष्टिकको नालीपाइप, दाल, चिनी, चोकर, भुस, प्लाष्टिक बोतल, वियर पुराना कपडा तथा लुगाफाटा, प्लाष्टिक पाइप फिटिङ, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता समान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।

आयातीत वस्तुमा एमएस ब्लेट, डिजेल, पेट्रोल जिप, कार भ्यानलगायतका सवारी साधन पेट्रोलियम पदार्थ, कोइला, पोलिथिन दाना, तेल,मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री रहेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १० : ५१ बजे

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक

काठमाडौं । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको

शेखर कोइराला र गगन थापाबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा-सुविधामा एकरूपता ल्याउन

भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा, सफा गर्न डोजर चलाइयो

बुटवल । शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले