८ पुस २०८२, मंगलबार | December 23, 2025

चुरे क्षेत्रमा वन कर्मचारीकै मिलेमतोमा बहुमूल्य जातका रुख कटान



रौतहट । जिल्लाको राष्ट्रिय वनमा दर्जनौं बहुमूल्य जातका खयरका काचा रुख काटिएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा दर्जनौं बहुमूल्य जातका खयरका रुख काटिएको हो ।

स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा खयरका रुख काटिएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जङ्गलमा बहुमूल्य जातका खयरका रुखहरू काटिएका हुन् । जुडीबेला सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदा समेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।

चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलाई बनाई माथिबाट लडाएर खोलामा झारी त्यहाँबाट अन्त लाने गरेको स्थानीयले बताए ।

रौतहटको चुरे क्षेत्रमा बहुमूल्य जातका खयरका रुख काटिएको विषयमा जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई जानकारी नभएको बताएका छन् ।

आफूले सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले एक दुईवटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाइ रहेको छ ।

रौतहटको चुरे क्षेत्रमा पर्ने वन अतिक्रमण गरेर बसेकाहरूले बहुमूल्य जातको खयरका काँचा रुख काटेर त्यसको विभिन्न सामान बनाएर महँगोमा बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन् ।

रौतहटको चुरे क्षेत्रमा रहेका खयरका रुख काटेर त्यसका डमहरू लगायतका विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको छ । बुद्ध धर्म मान्नेहरूको धार्मिक अनुष्ठानमा प्रयोग हुने विभिन्न सामान बनाएर बिक्री वितरण हुँदै आएको जानकारहरूको भनाइ रहेको छ । रौतहटको चुरे क्षेत्र अतिक्रमण गरेर बसेकाहरू नै पछिल्लो समय अवैध रूपमा खयरकाहरू काटेर विभिन्न सामान बनाएर बिक्री वितरण गर्ने कार्यमा सक्रिय रहँदै आएको भएपनि वन कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । खयरबाट बनेका विभिन्न सामानहरू वन कर्मचारीकै सेटिङमा रौतटका मुख्य बाटो भएर जिल्ला बाहिर पुग्दा समेत वन कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन् ।

सो बिषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले भेटेर कुरा गरौँला भन्ने फोनमा प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १२ : ५९ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना